२०८३-श्रावण-०३ आइतबार

बिहानको ११:२५:२७

नेपाली कांग्रेसले दियो जेष्ठ नागरिकलाई खाद्यान्न र लौरो उपहार

अशोक बुद्ध लामा बैशाख १४, २०८२ ५७७
नेपाली कांग्रेसले दियो जेष्ठ नागरिकलाई खाद्यान्न र लौरो उपहार

नेपाली कांग्रेसले दियो जेष्ठ नागरिकलाई खाद्यान्न र लौरो उपहार 

भूग्देउ/ नेपाली कांग्रेस बेथानचोक गाउँपालिका वडा नं. ६ कार्यसमिति भूग्देउले जेष्ठ नागरिक भएका क्रियाशील सदस्यलाई खाद्यान्न लौरो उपहारसहित दोसल्लाले सम्मान गरेको छ। ‌

शनिबार आयोजित व्यक्तित्व सम्मान, कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। 

कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले एकता र सहकार्यले नै कांग्रेस बलियो हुने बताउनु भएको छ ।  हुमागाईले सुशासन, समृद्धि र विकासमा कांग्रेस जनतासँग रहेको बताए  । 

अर्का केन्द्रीय सदस्य, गणेश लामाले युवाहरुले कांग्रेसको नीति, सिद्धान्त र आदर्शलाई जनजनमा लैजान पर्ने बताए । 

 नेपाली कांग्रेस काभ्रेका सभापति तथा बागमती प्रदेशसभा सदस्य रहेका पूर्वमन्त्री तीर्थ बहादुर लामाले विकाश निर्माण र सुशासनका गतिविधिमा जनताले कांग्रेससँग धेरै अपेक्षा गरेकोले त्यो पुरा गर्नु कांग्रेसको अभिभारा रहेको बताए  । 

नेपाली कांग्रेस बेथानचोक वडा नं. ६ का सभापति भीमबहादुर लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा २ का सभापति चन्द्र लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी जिल्ला सदस्यद्वय दुर्गा प्रसाद अधिकारी, सन्जय लामा, नेपाली कांग्रेस काभ्रेका क्षेत्रीय सदस्य रामकुमार घोले,नेपाल लोकतान्त्रिक आदीवासी जनजाती महासंघ काभ्रेका सभापति रोशन लामा, तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डे, तरुण दल जिल्ला सचिव सुरज तिमल्सिना लगायतका नेताहरुले कांग्रेसकै नेतृत्वमा संविधान र विकास निर्माण भएको भन्दै जनताको पक्षमा सदैव काम गर्ने प्रतिबद्धता जनाए । 

 नेपाली कांग्रेस बेथानचोक वडा नं. ६ को प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।  

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३३ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  भुग्देउ, मेदाम्सु, गोलगाउँका उनीहरु नेपाली कांग्रेस प्रवेश गरेको वडा सभापति भीम बहादुर तामाङले बताए।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।