२०८३-आश्विन-०६ मंगलबार

बिहानको ११:२५:२७

काभ्रे–क्षेत्र नं. २ को सभापतिमा महेश कुमार कर्माचार्यको उम्मेदवारी घोषणा

नमनखबर डेस्क असोज ०६, २०८३ ४५
काभ्रे–क्षेत्र नं. २ को सभापतिमा महेश कुमार कर्माचार्यको उम्मेदवारी घोषणा
बनेपा - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सभापति पदमा महेश कुमार कर्माचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
कर्माचार्यले एक सार्वजनिक सन्देशमार्फत महाधिवेशनअन्तर्गत निर्वाचित पदाधिकारी, क्षेत्रीय प्रतिनिधि तथा सम्पूर्ण पार्टीका साथीहरूलाई शुभकामना तथा अभिवादन व्यक्त गर्दै सभापति पदमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिएका हुन्।
उनले आफू विगत २५ वर्षदेखि नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर पार्टी सदस्यको हितमा काम गर्दै आएको उल्लेख गरेका छन्। यसपटक पार्टीका साथीहरूको अनुरोधअनुसार १५औँ महाधिवेशनको अभियानमा काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ को सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।
कर्माचार्यले विगतमा झैँ पार्टीको जिम्मेवारीलाई सेवाका रूपमा निर्वाह गर्ने अवसर प्रदान गर्न पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
उनले आफ्नो उम्मेदवारी पार्टी र पार्टी सदस्यको हितमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण साथीहरूको साथ, सहयोग र प्रेरणाको अपेक्षा गरेको बताउँछन् ।
भुम्लु गाउँपालिका उपाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका नेता जितेन्द्र मान तामाङ (दावा लामा ) ले पनि सभापतिको आकांक्षी हुन् ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।