रास्वपा काभ्रेको पहिलो अधिवेशनबाट १३ सदस्यीय जिल्ला समिति गठन
धुलिखेल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकको जिल्ला अधिवेशनबाट प्रविण कुमार ढकालको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ।
नवनिर्वाचित समितिको उपसभापतिमा पुण्यमाता घिमिरे, सचिवमा गुणनिधि (जिएन) सापकोटा तथा सहसचिवमा प्रकाश तिमल्सिना चयन भएका छन्। अधिवेशनले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको जनाएको छ।
नवनिर्वाचित सभापति ढकालले जिल्लाभर संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै सदस्यहरूको हकहित, संगठन विस्तार तथा संस्थागत विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनमा आगामी कार्ययोजना, संगठन विस्तार तथा विभिन्न कार्यक्रम सञ्चालनका विषयमा समेत छलफल भएको बताइएको छ।
समितिका अन्य सदस्यहरूमा तारा बहादुर कुँवर, नवराज बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा र ङेमा लामा रहेका छन् ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।