२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

एमालेबाट निस्कासित भीम रावलकाे अबकाे यात्रा

नमनखबर डेस्क पुस १९, २०८१ २५९
एमालेबाट निस्कासित भीम रावलकाे अबकाे यात्रा

नेकपा (एमाले) बाट निस्कासित भीम रावलकाे अबकाे यात्रा कठिन एवं थप संर्घषपूर्ण हुने देखिएकाे छ । एक्लाे हुँदै दलकाे संगठित सदस्यबाट  निष्काषित रावल दल खाेल्ने कि स्वतन्त्र यात्रा अगाडि बढाउने भन्ने विषयमा अनिर्णत देखिएका छन् । 

एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताए । 

'कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु,' उनले भने। 

रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको साट्टाे आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए। 

२०७९ काे प्रतिनिधिसभा निवार्चनमा टिकट नपाएका रावल केपी ओलीसँग असन्तुष्ट रहँदै आएका  थिए । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।