चागुनारायण नगर सभापतिमा सिजन कार्कीको उम्मेदवारी
काठमाडौं - चागु नारायण नगरपालिका–१ का बहालवाला वडाध्यक्ष तथा युवा एवं विकासप्रेमी नेता सिजन कार्कीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चागुनारायण नगरसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा लामो समयदेखि पार्टीको संगठनमा सक्रिय रहँदै आएका कार्कीले पार्टीका कार्यकर्ता, नेता र आमजनताबीच प्रभावकारी सेतुका रूपमा काम गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्।
कार्कीले आफू नगरसभापतिमा निर्वाचित भए पार्टी नेतृत्वसँग आवश्यक समन्वय गर्दै जनताको दैनिक जीवनसँग जोडिएका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कार्यकर्ताको भावना, सम्मान र मर्यादालाई केन्द्रमा राख्दै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उनको भनाइ छ।
उनले नेपाली कांग्रेसलाई थप सुदृढ, सशक्त र जनताको आफ्नै दलका रूपमा स्थापित गर्ने अभियानमा आफ्नो नेतृत्वदायी भूमिका रहने प्रतिबद्धता जनाएका छन्। पार्टी संगठनलाई जनतासँग थप नजिक बनाउँदै कार्यकर्ता र नेतृत्वबीचको सम्बन्धलाई मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको कार्कीले बताएका छन् ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।