२०८३-जेष्ठ-२१ बिहिबार

बिहानको ११:२५:२७

तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसके होलान् : ज्ञानेन्द्र शाही

नमनखबर डेस्क जेठ २०, २०८३
तिमीहरूको यो खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसके होलान् : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीले पार्टीमा चुलिएको आन्तरिक विवादलाई केन्द्रित गर्दै कडा टिप्पणी गरेका छन्। उनले पार्टी नेतृत्वप्रति इङ्कित गर्दै उनीहरूको खुरापाती राजनीतिक देखेर भगवान पनि वाक्क भइसके होलान् भन्दै कडा टिप्पणी गरेका हुन्। 
राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवल शमशेर राणापक्षबिच भएको विवादलाई केन्द्रित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 
शाहीले यतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन नभई जुट्ने भएको उल्लेख गरेका छन् । 
पछिल्लो समय एक राजनीतिक दलभित्र देखिएको नेतृत्व विवाद र आन्तरिक खिचातानीप्रति युवापुस्ताले तीव्र असन्तुष्टि व्यक्त गरेर २०८२ भदौमा जेनजी विद्रोह भएको थियो । 
राप्रपामा नेतृत्व तहका व्यक्तिहरूबीचको निरन्तर आरोप–प्रत्यारोप, गुटगत प्रतिस्पर्धा र पदकेन्द्रित संघर्षले संगठनको एकता कमजोर बनाएको मात्र नभई कार्यकर्ता तथा समर्थकहरूको मनोबलसमेत खस्किँदै गएको सांसद शाहीको टिप्पणी छ ।
युवाहरूले देश र संगठनको भविष्य निर्माण गर्ने जिम्मेवारी नेतृत्व तहमा रहेका व्यक्तिहरूको काँधमा भए पनि व्यवहारमा भने एकता, सहकार्य र त्यागको भावना देखिन नसकेको उनले टिप्पणी गरेका छन् । अहिलेको आवश्यकता संगठनलाई थप बलियो बनाउने, मतभेदलाई संवादमार्फत समाधान गर्ने र साझा उद्देश्यका लागि एकजुट हुने हो । तर नेतृत्व तहमा देखिएको शक्ति संघर्ष र व्यक्तिगत महत्वाकांक्षाले कार्यकर्ताहरूबीच विभाजन बढाइरहेको शाहीले उल्लेख गरेका छन्।
नेतृत्वको मूल आधार पदमा टिकिरहनु मात्र नभई आवश्यक पर्दा जिम्मेवारी हस्तान्तरण गर्न सक्ने क्षमता र संगठनको हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्ने संस्कार हुनुपर्ने धारणा पनि व्यक्त गरिएको छ ।
एक पक्षले विज्ञप्तिबाजीमार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेको तथा अर्को पक्षले छुट्टाछुट्टै भेला र गतिविधि सञ्चालन गरेर संगठन विभाजनतर्फ उन्मुख भएको सन्देश दिइरहेको भन्दै यसले आम कार्यकर्ता र युवाहरूमा निराशा बढाएको बताइएको छ ।
युवाहरूले नेतृत्व तहलाई सार्वजनिक आरोप–प्रत्यारोप र शक्ति प्रदर्शनभन्दा माथि उठेर खुला संवादमा बस्न, मतभेद समाधान गर्न र संगठन तथा देशको हितलाई केन्द्रमा राखेर निर्णय गर्न आग्रह गरेका छन् । उनीहरूको भनाइमा राजनीतिक दलहरूभित्रको एकता, पारदर्शिता र जिम्मेवार नेतृत्वले मात्र नयाँ पुस्तामा भरोसा जगाउन सक्छ, अन्यथा नेतृत्वप्रतिको विश्वास झन् कमजोर हुँदै जानेछ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।