काभ्रे । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा हरेक साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा ३०० औं शृङ्खला सम्पन्न भएको छ ।
अभियानकी संयोजक तथा अभियन्ता सुमित्रा बञ्जाराको नेतृत्वमा आयोजित अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यसमेत गरिएको थियो ।

0 Comments