ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित लाकुरीबोट टोलमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले शनिबार २७ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।
ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा, स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरु, अभियानका अभियन्ताहरुको उपस्थितिमा जनचेतनामूलक सरसफाइ गरिएको थियो ।

0 Comments