ग्वार्को पुलदेखि इमाडोलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न

ग्वार्को पुलदेखि इमाडोलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न

नमनखबर डेस्क - २०८१-१२-१०

ललितपुर । ग्वार्को पुलदेखि प्रहरी प्रभाग इमाडोलसम्म झापा ललितपुर एकता समाज र सिर्जनसीप सेवा प्रा.लि.खुमलटार,ललितपुरको संयुक्त आयोजनामा,नेप्को सेवा प्रा.लि. र नेपाल फुलबारी सेवा प्रा.लि.को सह-आयोजनामा "स्वच्छ सफा, मेरो धर्ती, मेरो दायित्व र मेरो जिम्मेवारी" भन्ने मुल नाराकासाथ शनिबार बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम गरेको छ ।                           

 उक्त कार्यक्रममा ललितपुर जिल्ला,क्षेत्र नं.२ का प्रतिनिधि सभाका सांसद प्रेमलाल महर्जन,महालक्ष्मी नगरपालि मेयर हरिगोविन्द श्रेष्ठ,वडाध्यक्षहरु ध्रुब के.सी., जयकृष्ण बोगटी, विजय लामा, झापा ललितपुर एकता समाजका अध्यक्ष डा.दीपक खनाल,सिर्जनसिप सेवा प्रा.लि.का अध्यक्ष सहदेव राउत, अन्नपूर्ण नेटवर्क प्रा.लि.का प्रबन्धक शिरोमणि दवाडी,पूर्व वडाअध्यक्ष लक्ष्मण रोका, वडा सदस्य विनोद के.सी., नेपाल रेडक्रस सोसाइटी इमाडोल प्रमुख भक्तिमाया थापा, नगर प्रहरी बलका गंगाबहादुर थापा, टोल विकास समितिका अध्यक्षहरु, पत्रकार, सुरक्षाकर्मी, कर्मचारीहरु, स्थानीय वासिन्दाहरुको ग्वार्को पुल देखि प्रहरी प्रभाग इमाडोलसम्म जनचेतनामूलक सरसफाइ कार्यक्रम गरिएको सिर्जनसीप सेवा प्रा.लि.का प्रबन्ध संचालक श्याम राउतले बताएका छन् ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments