नुवाकोट । म्यागङ गाउँपालिका वडा नं.२ बुङताङका ४१ वर्षिय लिभर पीडित रसमाया तामाङको उपचार्थ आइतबार त्रिशुली समाज युएईबाट संकलित आर्थिक सहयोग काठमाडौंमा नीजकै कोठामा हस्तान्तरण गरेको छ ।
विगत ५ वर्षदेखि लिभर खराबीका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ हस्पिटल) मा उपचार गराई रहेका लिभर पीडित तामाङको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा थप सहयोग मिलोस् भन्ने मानवीय सेवाले त्रिशुली समाज युएईबाट संकलित रकम रु.९० हजार आर्थिक सहयोग चर्चित म्हेन्दोमाया गायक एवं संगितकार कीर्ती गोम्जा तामाङबाट पीडित तामाङलाई हस्तान्तरण गरिएको र सो कार्यक्रममा गायिका प्रमिला तामाङ लगायतका महानुभावहरुको उपस्थिति रहेको त्रिशुली समाज युएईका अध्यक्ष लोकेन्द्र लोप्चन(च्याङबा) तामाङले बताएका छन् ।

0 Comments