ललितपुर । महाङकाल गाउँपालिका वडा नं.१ बुखेल,उन्युचौंरस्थित श्री बालमुकुन्द आधारभूत विद्यालयका ६४ जना विद्यार्थीहरुलाई लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा, ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं.१२ ठेचोकी सामाजिक अभियन्ता निर्मला क्षेत्रीको आर्थिक सहयोगमा विपन्न,आर्थिक अवस्था कमजोर भएका,गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो(सा पुख्री) सर्प वर्ग,मञ्जुश्री सम्वत २८६१ सोनाम ल्होछारको अवसरमा आज शुक्रबार शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयका शिक्षक सुरथ सञ्जेलकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सापकोटाको सभाध्यक्षतामा, वडाध्यक्ष रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई कपि,पेन्सिल, डटपेन, स्केल, इरेजर, कटर लगायतका शैक्षिक सामग्री वितरण गरिएको जनाएका छन् ।
समारोहमा विद्यालयका प्र.अ.रमेश चौंरेल, शिक्षक अभिभावक संघ अध्यक्ष देवबहादुर तामाङ, शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

0 Comments