ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित धापाखेल मुलसडकमा ठेचोका महिला दिदिबहिनीहरुको सहभागितामा"स्वच्छ सफा हराभरा,सुन्दर ठेचो हाम्रो परिकल्पना"भन्ने नाराकासाथ शनिबार ठेचो जनचेतनामूलक सरसफाइ अभियानले आफ्नो गौरवमय २१ औं शृङ्खला पूरा गरेको छ ।
ठेचोकी सामाजिक अभियन्ता एवं अभियानकी संयोजक निर्मला क्षेत्रीको नेतृत्वमा,स्थानीय ठेचोका सक्रिय महिला दिदिबहिनीहरुको उपस्थितिमा धापाखेल दोबाटो मुल सडकमा सरसफाइ गरि संकलित फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटारले गरेको अभियानकी संयोजक एवं अभियन्ता निर्मला क्षेत्रीले बताएकी छिन् ।

0 Comments