17.1ºc
२०८२-०२-०९
काठमाडौं । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नेपाल सरकारले दर्ता गरी सूचीकृत हुन आग्रह गरेपछि अब औपचारिक रुपमै सामाजिक सञ्जाल दर्ता हुने प्रक्रिया सुरु भएको छ ।
सामाजिक सञ्जाल ‘भाइबर’ नेपालमा २०८० फागुन २४ गते दर्ता भइ आधिकारिक रुपमै सञ्चालनमा आएको हो । नेपालमा सूचीकृत भएर सञ्चालन हुने सामाजिक सञ्जालमा भाइबर पहिलो बन्न सफल भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई फागुन २४ बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको जनाइएको छ ।
"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"
0 Comments