काठमाडौं । लोकसेवा आयोगले ५ सय ३७ जना खरिदारको पदको लागि दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगले एक विज्ञापन प्रकाशन गर्दै आवेदन माग गरेको हो । आवेदनका लागि न्युनतम एसएलसी| एसईई उत्तीर्ण भएको हुनुपर्नेछ ।
अप्राविधिक खरिदारको लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले सूचित गरेको हो । पदमा आवेदन दिन इच्छुक नागरिकले लोकसेवा आयोगको आधिकारिक वेभसाइटमा गएर रितपूर्वक अनलाईन फाराम भरि विद्युतीय माध्यम वा सम्बन्धित बैंकमा भौचर बुझाई भुक्तानी गरेपश्चात आगामी परिक्षामा सहभागि हुन सक्नेछन ्।
आवेदन यही चैत २० गतेसम्म दिन सकिने छ । साथै विविध कारणले सो समयमा आवेदन दिन नसक्ने दोब्बर दस्तुर बुझाई चैत्र २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आयोगको क्षेत्रिय कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने आयोगले जनाएको छ।
आगामी वैशाख २९ गते आयोगले वस्तुगत परिक्षा लिने जनाएको छ । खरिदारको प्रथम पत्रमा सफलता प्राप्त गर्नेहरूले आगामी असार १४ र १५ गते विषयगत परिक्षामा सहभागी हुन पाउने आयोगले जनाएको छ ।

0 Comments