ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं.४ सितापाखास्थित श्री सुर्योदय आधारभूत विद्यालय आसपासमा सरसफाइ गरिएको छ । सिर्जनसीप सेवा प्रा.लि., मञ्जरी टोल विकास संस्था र सिर्जनशील नारी विकास समूहको संयुक्त आयोजनामा"स्वच्छ सफा मेरो धर्ती, मेरो दायित्व, मेरो जिम्मेवारी"भन्ने मुल नाराकासाथ शनिबार जनचेतनामूलक सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा सिर्जनसीप सेवा प्रा.लि.खुमलटारका अध्यक्ष सहदेव राउत, कार्यक्रम संयोजक अनिता नेपाल, मञ्जरी टोल विकास संस्था, सिर्जनशील नारी विकास समूहका प्रतिनिधिहरु, कर्मचारीहरु, बुद्धिजीवी, समाजसेवी र स्थानीय वासिन्दाहरुको उपस्थितिमा संकलित दुई मेट्रीक टन फोहोरको व्यवस्थापन सिर्जनसीप सेवा प्रा.लि.खुमलटार, ललितपुरले गरेको बताएका छन् ।

0 Comments