दाहाल यज्ञनिधिको ७२औं जन्मजयन्तीमा जदौ विशेष साहित्यिक कार्यक्रम सम्पन्न

दाहाल यज्ञनिधिको ७२औं जन्मजयन्तीमा जदौ विशेष साहित्यिक कार्यक्रम सम्पन्न

नमनखबर डेस्क - २०८२-०४-१८

साउन १८, आइतबार, २०८२

काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठान काठमाडौंद्वारा कवि तथा वरिष्ठ साहित्यिक पत्रकार दाहाल यज्ञनिधिको जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न गरिएको छ। वाङ्मय प्रतिष्ठानको कार्यालय बागबजारमा विभिन्न कार्यक्रम गरेर दाहालको ७२औं जन्मजयन्ती मनाइएको हो।

प्रतिष्ठानले यस वर्षदेखि उहाँको स्मृतिमा जन्मजयन्ती मनाउन थालेको हो। दाहाल नागार्जुन वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ। यो विशेष कार्यक्रम हरेक वर्ष आयोजना गरिनेछ। दाहालकी धर्मपत्नी सुधा दाहालले सो कोषको स्थापना गर्नु भएको हो।

दाहाल यज्ञनिधिको जदौ विशेष कार्यक्रम भएकाले उहाँका कृतिबाट रचनाहरू वाचन गरी उहाँमाथि सम्मान गरिएको थियो। उक्त अबसरमा उहाँको कृति लेखनमा भूमिका निर्बाह गर्नु हुने समालोचक डाक्टर रमेश शुभेच्छुलाई पुरस्कृत गरिएको छ। दाहालमाथि लेखिएका कविता नागार्जुन वाङ्मय प्रतिष्ठानका सचिव माधव अटल, कवि रत्ननिधि रेग्मी, चेबन बस्नेत, कृष्णप्रसाद पौडेललगायतले वाचन गर्नु भएको थियो भने उहाँका छन्दबद्ध आधा दर्जन कविता कवि देवु लुइँटेलले सस्वर वाचन गर्नु भएको थियो। अन्य दुईवटा गद्य कविता कवि गङ्गा खतिवडा र सुसिला शर्माले वाचन गर्नु भएको थियो।

डा. हरि सिलवालले पुरस्कृत व्यक्ति डा. शुभेच्छुको व्यक्तित्व र कृतित्वको परिचय गराउनु भएको थियो। कार्यक्रममा छनोट समितिका मातृका पोखरेल र डा. हरि सिलवाललाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो भने साहित्य साधक र सञ्चारकर्मी प्रशंसा पत्र २०८२ क्रमशः देवु लुइँटेल र दिनेश राज खरेललाई प्रदान गरिएको हो।

पुरस्कृत तथा प्रशंसित सबै महानुभावहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराई, विशेष अतिथि प्रयागराज वाशिष्ठ र नागार्जुन वाङ्मय प्रतिष्ठानकी संरक्षक सल्लाहकार सुधा दाहालले संयुक्त रूपमा प्रदान गर्नु भएको थियो। सोही अवसरमा उपस्थित सम्पूर्ण कवि, साहित्यकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

यस्तै, कवि पूर्ण विरामको कविता वाचनमा यम बास्तोलाले पुरस्कृत हुने अवसर पाउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, पुरस्कार छनोट समिति, कार्यसमिति र अग्रज/अनुज कवि–साहित्यकार सबैप्रति प्रतिष्ठान अध्यक्ष दिल पौडेलले धन्यवाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा सहभागी प्रमुख व्यक्तित्वहरू

अध्यक्ष: दिल पौडेल

प्रमुख अतिथि: डा. तुलसी भट्टराई

विशिष्ट अतिथि / समालोचक: प्रा. प्रयागराज वाशिष्ठ

विशिष्ट अतिथि / समालोचक: डा. विनोद मञ्जन

विशेष अतिथि: प्रा. डा. बद्रीबिशाल भट्टराई

कवि: डा. लालानाथ सुवेदी, डा. भोलानाथ चालिसे

कवि / प्राज्ञ / छनोट समिति संयोजक: मातृका पोखरेल

कवि / छनोट समिति सदस्य: डा. हरिप्रसाद सिलवाल

विशेष अतिथि: महेश प्रसाईँ

प्राज्ञ: चेतनाथ धमला

पुरस्कृत व्यक्तित्व: डा. रमेश शुभेच्छु

पूर्ण विराम कविता वाचनमा पुरस्कृत: यम बास्तोला

कवि / स्रष्टा विशेष: देवकुमारी लुइँटेल

महाकाव्यकार: रामनाथ अधिकारी

प्राज्ञ / विशेष अतिथि: अगिव वनेपाली

कवि / रेडियोकर्मी: यशोदा अधिकारी (स्वागत मन्तव्य)

कवि: गौरी देवकोटा

कवि / सहजकर्ता: रामदेव पाण्डे, शिवहरी पाण्डे

उद्घोषक / कवि: युवराज नास्तिक

कवि / सहजकर्ता: सुसिला शर्मा, सुजिता अविरल

संरक्षक: सुधा दाहाल

कवि / फोटोग्राफर: गङ्गा खतिवडा

कवि: माधव अटल, कृष्णप्रसाद पौडेल, लक्ष्मण अधिकारी, चेवन बस्नेत, केशव घिमिरे, बलराम विष्ट, रत्ननिधि रेग्मी, सरस्वती पाण्डे

 

अन्य उपस्थित कविहरू

दिनेश लुइँटेल, डिल्लीराज अर्याल, जयराम विडारी, रुबी सत्याल, रामप्रसाद पन्त, अमर अधिकारी, दिनेशराज रम्तेल, नवनीधि दाहाल, मृदु दाहाल, सञ्जय सोती, सक्षम घिमीरे, खगेन्द्र दाहाल, प्रताप सिंह, सरस्वती काफ्ले, नवीन तामाङ, प्रेरणा काफ्ले, सुधा भट्टराई, भिष्मराज काफ्ले, लेखनाथ तिम्सिना, सजना तिम्सिना, आज्मी फोहेन, दामोदर शर्मा, मोहन कार्की, पत्रकार / कवि: दिनेश खरेल, पत्रकार: कुलराज घिमीरे

कार्यक्रममा वक्ताहरूले 'जदौ अभियान' र दाहाल यज्ञनिधिको साहित्यिक योगदानबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । 


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments