अब फेसबुक लाइभ भिडियो सुरक्षित राख्न ३० दिनको सीमा

अब फेसबुक लाइभ भिडियो सुरक्षित राख्न ३० दिनको सीमा

नमनखबर डेस्क - २०८१-११-०७

काठमाडौं । फेसबुकले नयाँ नियम लागू गर्दै अब लाइभ गरिएका भिडियोहरू ३० दिनपछि मेटिने घोषणा गरेको छ।

यसअघि अनिश्चितकालसम्म सुरक्षित रहने यी भिडियोहरू अब ३० दिनपछि हटाइनेछ। प्रयोगकर्ताहरूलाई पूर्व सूचना दिइनेछ, जसअन्तर्गत उनीहरूले ६ महिनासम्म समय थप्न, डाउनलोड गर्न, क्लाउडमा सार्न वा नयाँ रिलमा परिवर्तन गर्न सक्नेछन्।

फेसबुकका अनुसार, यो निर्णय धेरै लाइभ भिडियोहरू हेर्नेक्रम घटेको कारण गरिएको हो। साथै, यसले कम्पनीलाई ठूलो मात्रामा सर्भर र स्पेस बचत गर्न मद्दत गर्नेछ।

यदि प्रयोगकर्ताले तोकिएको समयमा भिडियो सुरक्षित गरेनन् भने, तिनीहरू स्वतः मेटिनेछन्। फेसबुकले पुराना लाइभ भिडियोहरू डाउनलोड गर्न ‘डाउनलोड लाइभ भिडियोज’ र क्लाउड स्टोरेजमा सार्न ‘ट्रान्सफर लाइभ भिडियोज’ जस्ता विकल्प उपलब्ध गराएको छ।

अब फेसबुकमा लाइभ गरेका भिडियोहरू सुरक्षित राख्न चाहने प्रयोगकर्ताले समयमै निर्णय लिनुपर्ने देखिएको छ । मेटा कम्पनी अन्तर्गत रहेको फेसबुक विश्वभर सर्वप्रिय सामाजिक सञ्जाल हो । त्यस्तै मेटा कम्पनी अन्तर्गत इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड एप सञ्चालनमा छन्। 

 


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments