पनौती । काभ्रेमा वैशाख २९ गते परेको अविरल वर्षाले एक महिलालाई बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँ नजिकै रहेको ढलमले खोलाले सोही स्थानमा बस्ने राजेश गिरिको श्रीमती ३३ वर्षिय रेणुका गिरिलाई बगाएको हो ।
गिरिलाई बारीमा काम गरि घर फर्किने क्रममा ढलमले ठाडो खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । बेपत्ता भएकी गिरिको खोजतलास भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलिले खोज तलास कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले जानकारी दिएको छ।

0 Comments