बकैया कालीदमारका ९७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

बकैया कालीदमारका ९७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न

नमनखबर डेस्क - २०८१-१२-०७

मकवानपुर । बकैया गाउँपालिका वडा नं.११ कालीदमारस्थित श्री जनहित आधारभूत विद्यालयमा अध्ययनरत ९७ जना तामाङ, दनुवार, दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष, डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा, लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) इजरायलकी अध्यक्ष मनु श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा दक्षिण कोरियाका उपाध्यक्ष अम्बर लामाको आर्थिक सहयोगमा, वडाध्यक्ष गोपाल ङेसुर तामाङको प्रमुख आतिथ्यमा बुधबार विद्यार्थीहरुलाई कपि, डटपेन, पेन्सिल, इरेजर, कटर, स्केल लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ । 

 

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ङेसुर तामाङ, प्र.अ.शंकरकुमार ग्लान तामाङ, वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments