नुवाकोट। म्यागङ गाउँपालिका वडा नं.६ ठूलोडाँडास्थित श्री सुन्दरादेवी आधारभूत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व,नयाँ वर्ष,मञ्जुश्री सम्वत २८६१ डुल ल्हो(सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ बुसान शाखा कोषाध्यक्ष पुष्प मोक्तान तामाङको आर्थिक सहयोगमा सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयकी शिक्षक चुलिमाया तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य कमल गुरुङको सभाध्यक्षतामा वडा सदस्य गोविन्द सापकोटाले प्रमुख अतिथि को आतिथ्यमा विद्यार्थीहरुलाई कपि,पेन्सिल,इरेजर,कटर,स्केल वितरण गर्नु भएको समारोहमा प्र.अ.सन्तबहादुर तामाङ,शिक्षक,कर्मचारी,अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको जनाएकी छिन् ।

0 Comments