नमन । महांकाल गाउँपालिका वडा नम्बर ५ नमनडाँडा स्थित श्री सरस्वती विद्याश्रम माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस महाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार दाहालको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम माघ २१ गते सोमबार भएको हो ।
विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद घिमिरेका अनुसार समारोहमा शिलालेख अनावरण, सम्मान, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति, पुरस्कार वितरण तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा महाङ्काल गाउँपालिका वडा नं ५,२ र ६ का वडा अध्यक्षहरू क्रमशः भुमिनन्द घिमिरे, जाेनी कुमार न्यासुर, मनाेज कुमार पराजुली र कार्यपालिका सदस्य चित्र कुमारी विककाे विशेष आतिथ्यता, विभिन्न छिमेकी विद्यालयका प्रअ, विव्यस अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि , अभिभावक, विद्यार्थी , शिक्षक तथा कर्मचारीहरुकाे उपस्थिति रहेको थियो
।

0 Comments