काठमाडौं । ललितपुर जिल्ला महाँङ्काल गाउँपालिका वडा नम्बर ६ गुमराङ्गका स्थायी बासिन्दा रामशरण घिमिरेलाई बचाउन अभियान सुरु गरिएको छ । २०८२ मंसिर ६ गते शनिबार घरनजिकै घाँस काट्ने क्रममा रुखबाट लडि सख्त घाइते भएका घिमिरेको टाउकोमा गम्भीर चोट (हेड इन्जुरी), मेरुदण्ड र दुवै कम्बर भाचिएको साथै शरीरका भित्री भागमा ठुलो दख्खल परेको छ ।
काठमाडौं न्युरोड महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घिमिरेको जीवन बचाउनको लागि आर्थिक संकलनको कार्य भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । विभिन्न संघसंस्थामा आवद्ध रहँदै सामाजिक सेवामा सक्रिय रहेका घिमिरेको न्युन आर्थिक अवस्थाको कारण सहयोगको लागि अपिल गरिएको हो ।
नियमित आइसियु भेन्टिलेटरमा राखेर उपचार भइरहेको र थप उपचारको लागि आर्थिक स्रोत सुनिश्चित गर्न र उपचारमा कमी हुन नदिन सहयोगी मनको खोजी भइरहेको हो । यसै क्रममा स्वदेश र विदेशमा रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरूले सहयोगसँगै स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

आफन्त, सहकर्मी एवं देश विदेशमा रहनुभएका नेपाली मनको सहयोगले आफ्नो दाजुको होस खुल्ने र ज्यान बच्ने आशा जीवित रहेको भाइ विनोद घिमिरेले बताएका छन् ।
तपाईको सानो सहयोगले कसैको जीवन बाँच्छ, भन्ने नारासहित यस अभियान चलि नै रहेको छ । बाहिरी चोटपटक नदेखिएपनि मस्तिष्कमा जमेको रगत नफाटेको कारण बिरामीको स्वास्थ्य अवस्था आशातीत सुधार हुन नसकेको हो । गहिरो चोटको कारण बिरामीलाई स्वास्थ्य लाभको लागि समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । महिनौ दिनपछि बिरामीलाई ठिक भएर आफ्नो दैनिकी चलाउन सक्ने दृष्टान्त रहेको समेत उपचारमा संलग्न डाक्टरको भनाई छ ।
सहयोगको लागि उल्लेखित क्यआर कोड वा सम्पर्क नम्बर ९८६५१२५९५२ मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिनेछ ।


0 Comments