ए वान बिल्ड्रस प्रा लि गौशाला-८, काठमाण्डौंका प्रमुख भक्त लामाले रोशि गाउपालिका वडा न ३ स्थित श्री सरस्वती प्राथमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेका छन् ।
ए वान बिल्ड्र्स प्रा लि का प्रमुख एवं समाज सेवि भक्त लामा र बिस्णु लामाको सहयोगमा बिद्यालयमा अध्ययनरत ७० जना बालवालिका हरुको लागि एक कार्यक्रम गरि न्यानो कपडा ट्रक सुट वितरण गरिएको हो ।
विद्यालय जस्तो मन्दिरमा सहयोग गर्न पाउँदा खुसी लागेको र सहयोग निरन्तर रहने समेत लामाले वताउनुभयो ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष श्री कृष्ण बलले विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा ट्रयाक सुट वितरण गरेकोमा विद्यालय परिवार कृतज्ञ रहेको बताउनुभयो ।

0 Comments