ललितपुर । महाङकाल गाउँपालिका वडा नं.१ बुखेलस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६६ जना तामाङ तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो,सा पुख्री(सर्प) वर्ग मञ्जुश्री सम्वत-२८६१ सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक, काठमाडौंको संयोजनमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना उपसभामुख, ब्युटिसियन, तामाङ सोसाइटी अफ अमेरिका पूर्व उपाध्यक्ष एवं समाजसेवी निमा गोले, तामाङ घेदुङ बेलायत(UK) का अध्यक्ष उदयकुमार घिसिङ,तामाङ समाज पोर्तुगल उपाध्यक्ष निशा दोङ तामाङ र मलेसियामा कार्यरत समाजसेवी अर्जुन लामाको व्यक्तिगत आर्थिक सहयोगमा, आइतबारका दिन, महिला वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी सञ्जेलको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयका प्र.अ.रामकृष्ण तिमल्सिनाकानुसार शिक्षक अभिभावक संघका अध्यक्ष एवं निवर्तमान वडा सदस्य बुद्धिकृष्ण घिमिरेको सभाध्यक्षतामा प्रमुख वडा सदस्य, कार्यपालिका सदस्य एवं प्रमुख अतिथि सञ्जेल र लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंका प्रबन्ध निर्देशक श्याम तामाङका ममतामयी आमा, समाजसेवी एवं विशेष अतिथि साईलीमाया बम्जन तामाङले विद्यार्थीहरुलाई कपि,पेन्सिल, डटपेन, स्केल, इरेजर,कटर लगायतका शैक्षिक सामग्री वितरण गर्नु भएको र समारोहमा शिक्षक एवं पूर्व प्र.अ.रामप्रसाद बजगाई,विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको बताएका छन्द ।
0 Comments