सिटिजन लाइफ इन्स्योरेन्सको आठौं बार्षिक उत्सवमा विद्यालयमा गरे स्टेसनरी वितरण

सिटिजन लाइफ इन्स्योरेन्सको आठौं बार्षिक उत्सवमा विद्यालयमा गरे स्टेसनरी वितरण

नमनखबर डेस्क - २०८२-०७-०३

सिटिजन लाइफ इन्स्योरेन्सको ८ ओैं वार्षिकोत्सब सु-अवसरमा दिन भुमेस्थान प्रा.वि. रोशी -९ (सल्लेनी) मा स्टेसनरी तथा खेलकुद  सामाग्री  वितरण गरेको छ

प्रमुख अतिथि एवं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बनेपा शाखाका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले सिटिजन लाइफ कार्यक्रम लिएर गएको तेस्रो पटक बताउदै गत बर्ष मंगल जन विजय मा. वि र शान्ति बुद्ध आधारभुत विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाइ विद्यालय पोषक वितरण गरेको स्मरण गर्दै सोच भएपछि स्रोत जुट्ने भएकोले सोच राम्रो हुनुपर्ने बताउनुभयो साथै शैक्षिक सामाग्रीले विद्यार्थीहरुको अध्ययनमा सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयो 

विशिष्ट अतिथि तथा बनेपा शाखाका उपप्रमुख सविता मानन्धरले कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा ब्रन्ससँग बार्सिकोत्सबको कार्यक्रम गर्नको लागि धेरै वटा बैकल्पिक योजनाहरु थियो तर हामीले रोशी जस्तो दुर्गम ठाउँ र त्यसमाथि रोशिको पनि  विकट ठाउँमा अरुको ध्यानाकर्षण नहुने भएकोले गर्दा अरु नपुगे पनि हामी पुग्नु पर्छ भनेर यो विद्यालय आएको र रोशीको धेरै व्यक्तिहरु कम्पनीमा बीमित भएको समेत  बताउनुभयो  र हाम्रो  मेनेजर अशोक बुद्ध लामा ज्यु पनि रोशी कै बासिन्दा भएको  र हामीले विशेष अनुरोध गरेर हामी यहाँ आएका हौँ रोशी मा पहिलो भ्रमण भएको  र यस ठाउको बारे जानकारी  लिन पाएको  र यस ठाउँ घुम्न पाएकोमा खुसी व्यक्त गर्नुभयो

कार्यक्रमका सभापति एवं विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष चन्द्र लामाले आफ्नो प्रस्तावलाई स्विकार गरेर विद्यालयलाई सहयोग गरेकोमा कम्पनीलाई धन्यवाद दिदै कम्पनीको उन्नति प्रगतिको कामना गर्नुभयो 

कार्यक्रममा विद्यार्थी,शिक्षक,अभिभावक,विद्यालय व्यवस्थापन समिति,पुर्व व्यवस्थापन समितिको उपस्थिति रहेको थियो!

फूटबल २ वटा, स्किपिङ रोप २ वटा, चेस २ सेट, डटपेन १० प्याकेट, इरेजर २५ वटा, सार्पनर २५ वटा, पेनसिल १४ प्याकेट, क्लियर ब्याग २५ वटा, कापि २५ दर्जन, लुडो २ सेट वितरण गरेको थियो!!!


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments