२०८३-वैशाख-१६ बुधवार

बिहानको ११:२५:२७

छैठौं संस्करणको “ज्ञानकुञ्ज रोड रेस” प्रतियोगिता हुँदै

नमनखबर डेस्क बैशाख १५, २०८३ ७५
छैठौं संस्करणको “ज्ञानकुञ्ज रोड रेस” प्रतियोगिता हुँदै
बनेपा - काभ्रेपलाञ्चोकको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले २०८३ साल वैशाख २६ गते छैठौं संस्करणको “ज्ञानकुञ्ज रोड रेस” प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै स्वास्थ्य, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको जानकारी दिएको हो।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यका अनुसार प्रतियोगितामा छात्रतर्फ ७ किलोमिटर र छात्रातर्फ ३ दशमलव ६ किलोमिटर दूरीको दौड समावेश गरिएको छ। पाँचौं संस्करणमा २५० जना विद्यार्थी सहभागी भएको स्मरण गराउँदै यस वर्ष त्यसभन्दा बढी सहभागिता हुने अपेक्षा आयोजकको रहेको छ ।
छात्रहरूको ७ किलोमिटर दौड पनौती बाट सुरु भई बनेपा पुरानो बजार हुँदै विद्यालय परिसरमा पुगेर टुंगिनेछ। छात्राहरूको ३.६ किलोमिटर दौड भने बनेपा तिनदोबाटो बाट सुरु भई गणेस्थान, चण्डेश्वरी मन्दिर हुँदै पुरानो बजारबाट विद्यालयमा आएर समापन हुनेछ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन करिब २०० जना स्वयंसेवक तथा सुरक्षाकर्मी परिचालन गरिने प्रतिष्ठानले जनाएको छ।
रोड रेसले विद्यार्थीहरूलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै सामाजिक सहभागिता र सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।