२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

इकुडोलमा ६१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

नमनखबर डेस्क मंसिर १३, २०८१ ६३0
इकुडोलमा ६१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

ललितपुर । वाग्मती गाउँपालिका वडा नं. ५ इकुडोलस्थित श्री विज्ञानप्रभा आधारभूत विद्यालयमा अध्ययनरत तामाङ, दलित तथा अन्य समुदायका ६१ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, जाडोबाट बचाउन र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन बुधबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा भीआइपी तामाङ युनिटी, कुर्दिस्तान, इराकको आर्थिक सहयोगमा वडाध्यक्ष नवराज तिमल्सिनाको प्रमुख आतिथ्यमा न्यानो कपडा (ट्र्याकसुट) वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप शर्मा घिमिरेको सभाध्यक्षतामा वडाध्यक्ष एवं प्रमुख अतिथि तिमल्सिनाले विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शिक्षक कर्मचारी १० जनालाई डायरी र डटपेन प्रदान गर्नु भएको थियो ।

 

विद्यालयका प्र.अ. बेदनिधी घिमिरेले स्वागत मन्तव्य, शिक्षक सनमान तामाङले कार्यक्रम संचालन, वडा सदस्य एवं कार्यपालिका सदस्य भीमकुमारी मोक्तान, नेकपा जिल्ला सचिव अनुप शर्मा, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष ज्ञानेन्द्र गौतम,श्री जनजागृतिमा.वि. प्र.अ.पुण्डरिक(आकाश) दंगाल, पूर्व वडा सदस्य पारस बजगाई,समाजसेवी चन्द्र धिमाल, ज्ञानोदय आ.वि. भकारीडाँडा प्र.अ.झंकनारायण घिमिरे, श्री शान्ति आ.वि. प्र.अ.सोमराज सञ्जेल, शिक्षक अभिभावक संघ अध्यक्ष दिनेश घिमिरे, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी,  शिक्षक, कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

विद्यार्थी भाइबहिनीहरुले आकर्षक नृत्यसमेत गरिएको उक्त ट्र्याकसुट(न्यानो कपडा) वितरण व्यवस्थापनका लागि भीआइपी तामाङ युनिटी, कुर्दिस्तान, इराकबाट संयोजक सोम तामाङ, भीआइपी तामाङ युनिटीमा आवद्ध प्रतिनिधिहरु क्रमशःमेघराज तामाङ, सलामसिंह तामाङ, राम तामाङ, अविनास तामाङ, ग्याल्जेन तामाङ, तेसाङ तामाङ, कुमार तामाङ, तेम्बा तामाङ, सुरेन तामाङर साङ्गे शेर्पाबाट संकलन गरि भीआइपी तामाङ युनिटी KDNS कुर्दिस्तान, ERBIL, इराकबाट रु.८० हजार ७६ रुपैयाँ र अन्य खर्च मिडियाको व्यवस्थापनमा गरिएको लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।