२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

बुखेल विमिरेका ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क पुस १४, २०८१ ४0१
बुखेल विमिरेका ५४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.१ बुखेल, विमिरेस्थित श्री गुरु आधारभूत विद्यालयमा अध्ययनरत तामाङ,दलित तथा अन्य समुदायका ५४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन तथा व्यवस्थापनमा,नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अध्यक्ष तोरण गुरुङको आर्थिक सहयोगमा, वडाध्यक्ष रामप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा आज आइतबार शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल घिमिरेको सभाध्यक्षतामा आयोजित सो समारोहमा वडाध्यक्ष एवं प्रमुख अतिथि घिमिरेले विद्यालयका विद्यार्थीहरुलाई कापी,डटपेन, पेन्सील, इरेजर, कटर, स्केल लगायतका शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।        

विद्यालयकी शिक्षक कमला मदाइले कार्यक्रम संचालन,स्वागत मन्तव्य शिक्षक भवानी गौतम,विद्यालयबाट उमेर हदकाकारण सेवा निवृत्त हुनु भएका शिक्षक एवं सहायक प्र.अ.युधिष्ठिर तिमल्सिनालाई सम्मान तथा बिदाइ,विद्यालयमा कार्यरतको लागि आउनु भएका शिक्षक हरिप्रसाद तिमल्सिनालाई स्वागतसमेत भव्य रुपमा गरेका थिए ।                                     

विद्यालयका प्र.अ.सोम तामाङले धन्यवाद ब्यक्त गर्नु भएको समारोहमा प्रमुख अतिथि, अतिथिहरुले आ-आफ्नो भनाइ राख्नु भएको समारोहमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको व्यापक सहभागिता रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।