२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

बनेपाका युवाहरू: समस्या, योजना र समाधानको खोजी

नमनखबर डेस्क साउन २३, २०८२ १५१
बनेपाका युवाहरू: समस्या, योजना र समाधानको खोजी

✍️ जीवन भुजेल

बनेपा नगरपालिका, काभ्रेको ऐतिहासिक नगर मात्र होइन, सामाजिक विविधता र सम्भावनाले भरिएको क्षेत्र पनि हो। यहाँका युवा पुस्ता आज अनेकौँ चुनौतीहरूमा फँसेका छन् — रोजगारीको अभाव, अवसरको असमानता र सामाजिक विचलनको चपेटामा। अझ दुःखको कुरा, बनेपाका शहरी र ग्रामीण युवाबीचको अन्तर यति धेरै छ कि त्यो दिनप्रतिदिन गहिरिँदो खाडलमा बदलिंदै गएको छ।

शहरी र ग्रामीण युवाबीचको यथार्थ अन्तर

बनेपाको बजार क्षेत्रमा बसोबास गर्ने परिवारहरूले भाडा, व्यवसाय वा अन्य श्रोतबाट मासिक लाखौँ आम्दानी गरिरहेका छन्। त्यहाँका युवाहरू खेलकुद, प्रविधि, तालिम र अन्य सुविधामा सजिलै पहुँच राख्छन्। तर गाउँका युवाहरू – जसले खेतीपाती, सानो रोजगारी वा ज्यालादारीमा समय बिताइरहेका छन् – ती अवसरबाट टाढा छन्।

उनीहरूका लागि चौउरा छैन, पुस्तकालय छैन, तालिम छैन। खेल मैदान बन्ने कुरा त सपना जस्तै भएको छ। यसै कारण गाउँका युवाहरू भविष्यप्रति अनिश्चित, दिशाहीन र निराश छन्।

युवाहरूको समस्याहरू

बनेपाका युवाहरू तीन प्रमुख समस्याबाट प्रभावित छन्:

1. रोजगारीको अभाव: गाउँका धेरै युवा कामको खोजीमा विदेशिने सोचमा छन्।

2. दुर्ब्यसन र सामाजिक विचलन: थुप्रै युवा लागूऔषध, जुवातास र सामाजिक सञ्जालमा मात्र सीमित छन्।

3. राजनीतिक उपयोग: युवालाई राजनीतिमा प्रयोग गरिन्छ, तर नेतृत्व वा निर्णय लिने स्थानमा कहिल्यै पुग्दैनन्।

समाधान र आगामी योजना

प्रत्येक वडामा डिजिटल लाइब्रेरी स्थापना गरिनुपर्छ, जसले युवामा अध्ययन, अनुसन्धान र सृजनशीलता बढाउनेछ।

स्थायी खेलमैदान निर्माण गर्नुपर्छ, जहाँ युवा खेलकुदको माध्यमबाट अनुशासन र आत्मबल सिकून्।

सिपमूलक तालिम केन्द्रहरू स्थापना गरौं, जसले युवालाई आफ्नै ठाउँमा रोजगार सिर्जना गर्ने अवसर देओस्।

युवा मैत्री नीति ल्याऔं, जहाँ उनीहरूको विचार, सुझाव र श्रमको सम्मान होस्।

 

निष्कर्ष

आजको युवा फेसबुकमा गाली गर्दै बस्ने अवस्थामा किन आइपुगे भन्ने सोच्नुपर्ने बेला हो। जवाफ सजिलो छैन, तर समाधान सम्भव छ। योजना, प्रतिबद्धता र स्थानीय नेतृत्वको इच्छाशक्ति भए आजको युवा भोलिको देशको मेरुदण्ड बन्न सक्छ। बनेपाका १४ वटै वडाले यदि युवामैत्री कार्यक्रम ल्याउने हो भने सिंगो नगर नै समृद्धिको बाटोमा अघि बढ्न सक्छ।

अब समय हो — सोच बदल्ने, योजना बनाउने र युवालाई नेतृत्वमा ल्याउने। (लेखक नेकपा एमाले बनेपा नगरपालिका वडा नम्बर १० कमिटीका सचिव हुन्)

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।