२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

बनेपा नगरपालिका उपप्रमुखले गरिन् बुबाको अन्त्योष्टि, छोराले मात्र काजक्रिया गर्न सक्ने परम्पराविरुद्ध अडान

नमनखबर डेस्क साउन २७, २०८२ ३५७
बनेपा नगरपालिका उपप्रमुखले गरिन् बुबाको अन्त्योष्टि, छोराले मात्र काजक्रिया गर्न सक्ने परम्पराविरुद्ध अडान

बनेपा – ‘बनेपा नगरपालिका उपप्रमुखले आफ्नो दिवंगत पिताको अन्तेष्टि गरेकी छिन् । सानैमा आमा गुमाएकी सापकोटालाई बुवाले आमाको माया र अभिभावकत्व दिँदै हुर्काएका थिए। छोरा नभएको कारण बुवाले जीवनभर समाजको तिरस्कार भोगे पनि, मृत्यु पश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएको छ। 

बनेपा नगरपालिकाको उपप्रमुख विमला सापकोटा दाहालका पूजनीय पिता हरि प्रसाद सापकोटाको ९१ वर्षको उमेरमा असामयिक रूपमा दिवंगत हुनु भएको छ। उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट सोहरुचि परिवार गर्दछ।

परिवारका अनुसार छोराले मात्र काजक्रिया गर्न सक्ने परम्पराविरुद्ध अडान लिँदै छोरीले बुवाको अन्तिम संस्कार सम्पन्न गरेकी हुन्। “हामीले बुवाको जीवनमा उपचार र स्याहारमा कुनै कमी हुन दिएनौं, बुवा निश्चय बैकुण्ठवासी हुनुहुन्छ भन्नेमा ढुक्क छौं,” उप-प्रमुख सापकोटाले फेस्बुकमा लेखेकी छिन् । 

समाज सामाजिक राजनीतिक जीवनमा भिजेकी चेलीमाथि निर्मम हुन सक्छ भने साधारण छोरीचेलीले कस्तो अवस्था भोग्नुपरेको होला भन्ने समाजको पाखण्डपन उदाङ्गो भएको छ । 

बनेपा नगरपालिका उपप्रमुख दाहालले छोरीले काजक्रिया गर्न नहुने सामाजिक विकृति विरुद्ध चुनौती दिँदै उल्लेख गरेकी छिन् 'ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र सबिधानको पनि बर्खिलाब छ । हामीले गरेको यो कामले हजारौं छोरि माथि न्याय हुनेछ । खबरदार यो छ्लफल र बहस रोकि हाल हामि बहिसकार हुन तयार छौ ।13 दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेउ 13 दिन पछि सधाको लागि माइतिको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्ने हरु कृपया हामिलाइ साथ दिनु पर्ने बाध्यता नसमझनु होला तपाईं स्वतन्त्र हुनुहुन्छ ।' 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।