२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

एस.ई.ई २०८१ मा उत्कृष्टलाई नेपाल विद्यार्थी संघ काभ्रेको सम्मान

नमनखबर डेस्क असार २८, २०८२ १९८
एस.ई.ई २०८१ मा उत्कृष्टलाई नेपाल विद्यार्थी संघ काभ्रेको सम्मान

बनेपा ।  माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ ।
शुक्रवार बनेपामा एक कार्यक्रम आयोजना गर्दै ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।
पूर्वमन्त्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति दुजाङ शेर्पा लगायतले विद्यार्थीहरूलाई सम्मान गरेका हुन् । 

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने साँगास्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयका प्रकृति दुलाल, विकटेश्वर इङलिस स्कुलका जिया खत्री र सम्बन्धित विद्यालयलाई सम्मान गरेको थियो । 

सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ९१ सिजिपिए ल्याउने चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालय, नालाका गरिमा अधिकारी, प्राविधिक धारतर्फ उत्कृष्ट ३ दशमलव ६९ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय, भकुण्डेवेशीका सदिक्षा मैनाली, सस्कृततर्फ उत्कृष्ट ३ दशमलव ०९ सिजिपिए ल्याउने नैनिशारण्य सस्कृत गुरुकुलका समिर पराजुलीलाई सम्मान गरियो । 
भक्तपुरबाट एस.ई.ई मा सहभागी भएर सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने काभ्रेको सुप्रिया मोक्तानलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । 

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कार्कीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने भन्दै उत्तीर्ण विद्यार्थीलाई उज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, कांग्रेस नेता इन्द्रमणि अधिकारी, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा, नेपाली कांग्रेस काभ्रेका सचिव रहेका नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति माधव ढकाल, सचिव गुणराज मोक्तान, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, महासमिति सदस्य दावा लामा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय रहेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, केन्द्रीय सदस्यहरु आदर्श मल्ल, भुवन भट्ट, सहदेव तिमल्सिना, प्रतिक महत, लगायतले उच्च शिक्षाका अवसर र चुनौतीबारे चर्चा गरे ।

नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी सँघ काभ्रेका नेता सन्तोष दाहालले सञ्चालन गरेका थिए । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।