२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

ठेचोमा सामाजिक अभियन्ता क्षेत्री कदरपत्रद्धारा सम्मानित

नमनखबर डेस्क साउन २९, २०८१ २७२
ठेचोमा सामाजिक अभियन्ता क्षेत्री कदरपत्रद्धारा सम्मानित

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोकी वासिन्दा एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीलाई मंगलबार जन्म दिनको अवसरमा एक भव्य समारोहकाबीच कदर पत्रद्धारा सम्मान गरेको छ ।

सामाजिक अभियन्ता क्षेत्रीले सामाजिक,धार्मिक एवं सरसफाइको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्याकंन गर्दै प्रसिद्ध ढल्केश्वर महादेव मन्दिरका संस्थापक पिठाधिस श्री १००८ स्वामी निजानन्दले कदर पत्र,रुद्राक्षको माला प्रदान गर्नु भएर सम्मान गर्नु भएको हो ।

विगत लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल क्षेत्री वेथेगल टोल विकास समिति अध्यक्ष, गोदावरी उद्योग वाणिज्य संघ संस्थापक महिला सदस्य, वाग्मती प्रदेश महिला उद्यमी महासंघ सदस्य, लोकेश्वर मिडिया सर्भिस आजीवन संरक्षक, हाम्रो शोभा गृह संरक्षक, श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पूर्वअध्यक्ष र नवगठित ठेचो महिला समूहकी अध्यक्षसमेत हुनुहुन्छ ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।