अध्यक्ष लामाले गरे उद्घाटन
काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका- ११ भिमखोरीमा अवस्थित पोक्रा माध्यमिक विद्यालयको नवनिर्मित भवनको पहिलो तल्ला उद्घाटन तथा खेल मैदान र शौचालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। बिहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
रोशी गाउँपालिका, ११ नम्बर वडा कार्यालय, विकास बेल्जियम र सेन्ट चामुण्ड स्पेसर्सको साझेदारीमा निर्माण भएको भवन हस्तान्तरण र खेल मैदान र शौचालय हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष दिनेश लामाले पोक्रा मा. विलाई बधाई दिदै सहयोग गर्ने सहयोगी दातालाई धन्यवाद दिदै माध्यमिक तहसम्मको शिक्षालाई कसरी गुणस्तरमा बढाउने र पहिलो विकास शिक्षामा हुनुपर्ने बताउदै विद्यालयले राखेको माग स्रोत र साधनले भ्याएयसम्म पूरा गर्ने बताउदै बिजुलीबत्ती, खानेपानी लगाएतको विकासमा रोशी सरकार लागेको समेत बताउनुभयो साथै रोशी विपत्तमा धेरै क्षति भएको र यस्तो सहयोगले धेरै राम्रो हुने बताउदै सहयोग गर्ने दतालाई धन्यवाद दिनुभयो
विकास वेल्जियमका प्रेसिडेन्ट मेटी माउरेस विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको सामुदायिक विद्यालयले धेरै राम्रो गरेको समेत बताउनुभयो
रोशी गाउँपालिका उपअध्यक्ष मिन बहादुर वाइवाले रोशी पालिकाले शिक्षा, खेलकुद लगायत अन्य क्षेत्रमा धेरै काम गरेको र रोशी गाउँपालिकाले SEE मा सर्वउत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गर्ने गरेको समेत बताउनुभयो
सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणराज मोक्तानले सरकारले मात्रै पर्याप्त आवश्यकता पुर्ति गर्न नसक्ने शिक्षाको भौतिक पुर्वधार लगायतका अन्य क्षेत्रमा विभिन्न दताको सहयोग आवश्यक रहेको बताउनुभयो र सहयोगी दतालाई धन्यवाद समेत दिनुभयो बालबालिकाको मन र अभिभावकको विश्वास जित्न सामुदायिक विद्यालयले सक्नुपर्ने सिकाइमा गुणस्तर मा बढाउनुपर्ने बताउनुभयो
त्रिविणी ट्रेडका MD बाबुलाल तामाङ जुन आवश्यक थियो निर्माण गरेको सहयोगी संस्थालाई धन्यवाद दिदै निर्माणमा आफुले भुमिका खेल्न पाएकोमा आफुलाई गर्वभान्वित भएको समेत बताउनुभयो आगामी अन्य सहयोग पनि गर्दै जाने समेत बताउनुभयो
नेपालका लागि बेल्जियमका वाणिज्य दूत आङछिरिङ शेर्पा बेल्जियम सरकारले नेपालको शिक्षा,खानेपानी क्षेत्रमा सहयोग गरेको यसै क्षेत्रमा स्वस्छ खानेपानीमा सहयोग गरेको स्मरण गर्नुभयो
रोशी प्रवक्ता बसन्त कुमार स्याङतान संस्कृतिक कार्यक्रममा राम्रो प्रस्तुति दिएको र रोशीमा SEE मा उत्कृष्ट विद्यार्थीमा पर्न सफल भएको स्मरण समेत गर्नुभयो
वडा अध्यक्ष लालकुमार पाख्रिनले दाताले ७५ प्रतिशत स्थानीय संस्थाबाट २५ प्रतिशत खर्च गरेको सबैको सहयोगले नै भवन निर्माण गर्न सफल भएको र आफु पनि पोक्रा मा. वि कै पुर्व विद्यार्थी भएको स्मरण गर्दै विद्यालयलाई राम्रो गर्नुपर्छ भन्ने सोच भएको समेत बताउनुभयो
विद्यालयका प्रधानध्यपक उपेर सिं +2 मा शिक्षाशस्त्र मात्रै पढाइ भएको र व्यवस्थापन संकाय पनि भए अझ राम्रो हुने बताउदै सबैको ध्यानाकर्षण गराउदै कप्युटर शिक्षक आवश्यक रहेको बताउदै
खर्च विवरणमा १३ लाख २८ हजार ५२० मा पहिलो तल्ला र २० लाख ८२ हजार १५४ मा खेल मैदान र शौचालय निर्माण भएको बताए । जसमा पहिलो तल्लाको लागि:
बिकास बेल्जियमबाट ३४ लाख ३२ हजार २३८
सेन्ट चामोण्ड स्पेसियर्स फ्रान्सबाट ३४ लाख ३२ हजार २३८
रोशी गाउँपालिकाबाट १८ लाख
रोशी-११ बाट ४ लाख ४४ हजार
विद्यालय तथा समुदायबाट २ लाख ६४ हजार ५४४
खर्च भएको उनले जानकारी दिए ।
त्यसरी नै खेल मैदान र चम्पी निर्माणको लागि:
बिकास बेल्जियमबाट ७ लाख ७८ हजार २५५
सेन्ट चामोण्ड स्पेसियर्स फ्रान्सबाट ७ लाख ७८ हजार २५५
विद्यालय र समुदायबाट ५ लाख २८ हजार ६४४
खर्च गरिएको थियो ।
जम्मा:
बिकास बेल्जियमबाट ४२ लाख १० हजार ४९३
सेन्ट चामोण्ड स्पेसियर्स फ्रान्सबाट ४२ लाख १० हजार ४९३
गाउँपालिकाबाट १८ लाख
वडाबाट ४ लाख
विद्यालय तथा समुदायबाट ८७ हजार ७८८
भएको उनले जानकारी दिए।
उक्त कार्यक्रममा शिक्षक र विद्यार्थीहरूले मार्चपास, नृत्य, गीत, गजल लगायत प्रतिभाहरू प्रस्तुत गरेर कार्यक्रमलाई शोभा थपेका थिए।
कार्यक्रम सोही विद्यालयका शिक्षक लक्ष्मी रेग्मीले सञ्चालन गरेका थिए भने सहायक प्रधानाध्यापक सारदा सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन्।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।