२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु: नवप्रवर्तनात्मक परियोजना प्रदर्शन

नमनखबर डेस्क माघ २३, २०८२ १७६
नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु: नवप्रवर्तनात्मक परियोजना प्रदर्शन

बनेपा–१०, काभ्रेपलाञ्चोक

नाइटिङ्गेल एकेडेमीमा आजदेखि परियोजना आधारित सिकाइ (Project-Based Learning – PBL) प्रदर्शनी रूपमा सुरु भएको छ।

प्रदर्शनीको पहिलो दिन कक्षा ८ र ९ का विद्यार्थीहरूले विविध शैक्षिक तथा अनुसन्धानमूलक परियोजनाहरू प्रस्तुत गरेका हुन् । कार्यक्रममा विद्यार्थीका अभिभावकहरूलाई समेत आमन्त्रण गरिएको थियो, जसले प्रदर्शनीलाई अझ जीवन्त र सहभागितामूलक बनाएको हो। विद्यार्थीहरूले विज्ञान, वातावरण संरक्षण, प्रविधि, सामाजिक समस्या, नवप्रवर्तन तथा जीवनोपयोगी सीपसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्दै आफ्ना विचार र निष्कर्षबारे प्रत्यक्ष व्याख्या गरेका थिए।

कार्यक्रममा बोल्दै विद्यालयकी प्रधानाध्यापक उमा बस्नेतले पीबीएल पद्धतिले विद्यार्थीमा सृजनशीलता, समालोचनात्मक सोच, सहकार्य, अनुसन्धान क्षमता र आत्मविश्वास विकास गर्ने बताइन्। “कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने प्रभावकारी माध्यम नै पीबीएल हो,” उनले उल्लेख गरिन्।

प्रदर्शनी अवलोकन गरेका अभिभावकहरूले आफ्ना छोराछोरीको प्रस्तुति, आत्मविश्वास र प्रस्तुतीकरण शैलीको खुलेर प्रशंसा गरेका छन्। शिक्षकहरूले पनि विद्यार्थीहरूको मेहनत, टोलीकार्य र समस्या समाधान गर्ने क्षमताको प्रशंसा गरेका थिए।

विद्यालय प्रशासनका अनुसार पीबीएल प्रदर्शनी केही दिनसम्म कक्षा–कक्षागत रूपमा सञ्चालन हुने छ, जहाँ प्रत्येक दिन फरक–फरक कक्षाका विद्यार्थीहरूले आफ्ना परियोजनाहरू प्रस्तुत गर्नेछन्।

यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, नेतृत्व क्षमता, नवप्रवर्तनशील सोच र समस्या समाधान गर्ने सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास विद्यालयले लिएको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।