सामुदायिक विद्यालयका सटर भाडा नवीकरण नगर्न अनुरोध
काठमाडौं । काठमाडौ महानगरपालिकाले सटर भाडा नवीकरण नगर्न अनुरोध गरेको छ ।
महानगरपालिका अन्तर्गतको शिक्षा विभागकी निमित्त प्रमुख सरस्वती पोखरेलले एक सूचना जारी गर्दै सामुदायिक विद्यालय भवन, हाताभित्र सञ्चालित सटरहरूको म्याद समाप्त भएको भए म्याद थपका लागि नवीकरण नगर्न आग्रह गरेको हो ।
काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयको हाताभित्र सञ्चालित कतिपय सटर नक्सा पाससमेत नभएको अनुगमनको क्रममा देखिएकोले त्यस्ता सटरहरूको नवीकरण नगर्न महानगर भित्रका सम्पूर्ण विद्यालयहरूलाई आग्रह गरेको हो ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।