२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

महाङकालचौंर गोलगाउँका २७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क मंसिर १८, २०८१ ३२१
महाङकालचौंर गोलगाउँका २७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका वडा नं.६ महाङकालचौंर, गोलगाउँस्थित श्री बाल उन्नति प्राथमिक विद्यालयमा अध्ययनरत तामाङ,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन, लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा,नेपाल तामाङ घेदुङ साइप्रसका सक्रिय सदस्य एवं कलाकार शुभम योञ्जन तामाङको आर्थिक सहयोगमा सोमबार शैक्षिक सामग्री वितरण गरेको छ ।

 

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङले विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामग्रीमा कपि, पेन्सिल, इरेजर, कटर, स्केल लगायतका सामग्री वितरण गर्नु भएको थियो । 

 

सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,प्र.अ.रेखा राना,शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक, कर्मचारी, अभिभावक, समाजसेवी, व्यवसायी र विद्यार्थीहरुको उपस्थिति रहेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।