२०८३-वैशाख-३१ बिहिबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६१२ औं शृङ्खला

नमनखबर डेस्क माघ १९, २०८१ ३४२
वाग्मती सफाइ महाअभियानको ६१२ औं शृङ्खला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार ६१२ औं शृङ्खला भव्यताकासाथ वाग्मती रुद्रमती दोभानमा सम्पन्न भएको छ । महाअभियानका किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा कामनपा-११ वडाध्यक्ष हिरालाल तण्डुकार,वडा सदस्य दीपेश राउत, आशा श्रेष्ठ, यसोमती यशु, जीवन विज्ञान, ब्रह्मकुमारी राजयोग केन्द्र थापाथलीका दिदिबहिनीज्युहरु, सामाजिक अभियन्ता ज्ञानकुमार बज्राचार्य, वडाबासी, सुन्दरीघाट वाग्मती सरसफाइका संयोजक चित्रकुमार सुनुवार, वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुको उपस्थितिमा संकलित १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको बताएका छन् । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।