२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६१० औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क माघ ०६, २०८१ २६४
वाग्मती सफाइ महाअभियानको ६१० औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ हरेक साताको शनिबार संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार तिलगंगा निलो पुलमा ६१० औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।

वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानमा नेपाल सरकारका पूर्व मुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,कामनपा वडा नं.९ का वडाध्यक्ष रामजी भण्डारी, वडा सदस्यहरु क्रमशः टेकराज अधिकारी, रचना सुनाम, सृजना भेटवाल,कामनपा वडा नं.९ का वडाध्यक्ष हिरालाल तण्डुकार, कामनपा वडा नं.९ का विपत व्यवस्थापन समितिका सदस्य पूर्णकुकार रन्जित, कामनपा महानगर प्रहरीका डीएसपी शिव पौंडेल, सहायक नगर प्रहरी निरिक्षक नवराज अधिकारी, पूर्व प्रहरी निरिक्षक,सामाजिक अभियन्ता ज्ञानुकुमार बज्राचार्य, सुजता लामिछाने, ॐ नगर टोल विकास समिति अध्यक्ष केदार खकुरेल, कृषि विज्ञ छवि पौंडेल,तिलगंगा महिला समूह संयोजक आशा पाण्डे, केयूकेएलका कर्मचारी,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु, स्थानीय वासिन्दाहरुबाट संकलित तीन टन मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।