२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान

नमनखबर डेस्क साउन १९, २०८२ ३६३
‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ अरविन्द्र गौतमलाई प्रदान

बनेपा, काभ्रेपलाञ्चोक । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा सम्पन्न ‘सातौं संस्करण किड्स अफ द इयर इन्टरनेशनल २०२५’ मा पत्रकार अरविन्द्र गौतमलाई ‘उत्कृष्ट युवा पत्रकारिता सम्मान – २०२५’ प्रदान गरिएको छ।

कार्यक्रम बनेपाको लोटस इभेन्ट्स एण्ड रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको हो। सम्मान कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले सम्मान गरेका थिए। पत्रकार गौतमलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको हो।

काभ्रेपलाञ्चोकको विकट क्षेत्र चौबासबाट आएका गौतम विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनले विकृति, विसङ्गति, संस्कृति, कला, राजनीति र जनचासोका विषयमा सत्य तथा खोजमूलक सामग्री प्रस्तुत गर्दै आएका छन्। सामाजिक यथार्थ र सांस्कृतिक विषयमा आधारित डकुमेन्ट्री निर्माणमा समेत उनी सक्रिय छन्। यसअघि पनि उनले विभिन्न राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेका छन्।

कार्यक्रममा "सामाजिक उत्कृष्ट संस्थाको" रूपमा आर्सु स्मृति प्रतिष्ठानलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।