तामाङ मौलिक संस्कार संस्कृति र परम्परा बुझाई देखि संरक्षण सम्मको यात्रा - संजय तामाङ थोकर
१)संस्कृति जोगाउने पहिले आधार संस्कृतिलाई बुझ्नु
=संस्कृति भनेको केवल चाडपर्वमा लगाउने पोसाक बजाउने डम्फु नाच्ने नाच वा बोलिने भाषा मात्र होइन संस्कृति भनेको कुनै समुदायको इतिहास भाषा धर्म संस्कार जीवनशैली सामाजिक मुल्य खानपान भेषाभुषा काला संगित नाच बिश्वास परम्परा र सामुहिक स्मृति हो तामाङ मौलिक संस्कृतिको संरक्षणको कुरा गर्दा सबै भन्दा पहिला हामी को हौं ? हाम्रो इतिहास के हो ?हाम्रो भाषा किन महत्त्वपूर्ण छ हाम्रो संस्कार किन गरिन्छ ?हाम्रा चाडपर्वको अर्थ के हो? हाम्रो पुर्खाले हामिलाई के छोडेर गए यी प्रश्नको उत्तर नबुझी गरिएको संरक्षण केवल बाहिरी प्रदर्शन बन्न सक्छ
(२)तामाङ पहिचान बुझ्नु बुझाउनु आवश्यक छ
= तामाङ समुदायको पहिचान लामो एतेहासिक यात्रा भाषा सामाजिक संरचना धार्मिक सांस्कृतिक अभ्यास र सामुदायिक जीवन सँग जोडिएको हुन्छ तामाङ समाजमा जन्म देखि मृत्यु संस्कार सम्म आफ्नै मौलिक परम्परा विभिन्न सामाजिक भुमिका चाडपर्व गित संगीत डम्फु संस्कृति र सामुदायिक सहकार्यले तामाङ पहिचानलाई जिवन्त बनाएका छन् यी सबै परम्पराको बाहिरी रुपमा मात्र होइन भित्री अर्थ बुझ्नु अझ महत्त्वपूर्ण हुन्छ उदाहरणको लागी कुनै पनि संस्कार किन गरिन्छ भन्ने नबुझी केवल विधि दोहोर्यानु र त्यस संस्कारको सामाजिक तथा आध्यात्मिक अर्थ बुझेर पुस्तान्तरण गर्नु बिच ठूलो अन्तर हुन्छ
(३) भाषा संरक्षण नै संस्कृतिको मुल संरक्षण हो
=भाषा हराउदै गयो भने संस्कृति पनि कमजोर हुँदै जान्छ तामाङ भाषा केवल कुराकानी गर्ने माध्यम मात्र होइन यश भित्र पुर्खाको ज्ञान उखान टुक्का धार्मिक मान्त्र संस्कारका शब्द इतिहास सामुदायिक स्मृति सुरक्षित हुन्छन् त्यसैले घरमै बालबालिका सँग तामाङ भाषा बोल्ने वातावरण बनाउनु पर्छ बिधालय समुदाय र संस्कृतिक संस्थाहरुले पनि तामाङ भाषा सिक्ने अवसर सिर्जना गर्नुपर्छ आफ्नो भाषा बोल्नु लाज होइन पहिचान प्रतिको सम्मान हो
(४) संस्कारको अर्थ नबुझी संरक्षण सम्भाव हुँदैन
= जन्म बिबाह मृत्यु तथा अन्य सामाजिक संस्कारमा प्रयोग हुने विधि भुमिका सामग्री र परम्पराको आफ्नै अर्थ हुन्छ धेरै युवा पुस्ता आधुनिक शिक्षा सँग जोडिदै गएको छ यो सकारात्मक परिवर्तन हो तर आधुनिक शिक्षा हासिल गर्नु भनेको आफ्नो मौलिक संस्कार त्याग्नु होइन बरु शिक्षित पुस्ताले आफ्नै संस्कारलाई तर्क इतिहास अनुसन्धान र ज्ञानका आधारमा बुझेर संरक्षण गर्नुपर्छ पुरानो भन्दैमा सबै कुरा अन्धारुपमा स्वीकार गर्नु पनि ठिक होइन र पुरानो भन्दै सबै कुरा अस्विकार गर्नु पनि ठिक होइन भन्ने हाम्रो दृस्ठिकोण हुनुपर्छ मौलिक जोगाउने तर हानिकारक कुरा सुधार्ने र समय अनुकुल आवस्यक कुरा बिकास गर्ने
(५) चाडपर्वलाई केवल मनोरञ्जनमा सिमित गर्नु हुँदैन
= सोनाम ल्होछार लगाएत तामाङ समुदायका विभिन्न सांस्कृतिक पर्वहरु समुहिक पहिचान शुभकामना पारिवारिक सम्बन्ध सामाजिक एकता र सांस्कृतिक निरन्तरता जोडिएको हुनुपर्दछ मनोरञ्जन आवश्यक छ तर त्यस भन्दा अगाडि पर्वको महत्व अर्थ नयाँ पुस्तालाई बुझाउनु आवश्यक छ ल्होछार मनाउदा ल्होछारको अर्थ बुझाउने डम्फु बजाउदा त्यसको सांस्कृतिक महत्त्व बताउने तामाङ पोसाक लगाँउदा त्यसको पहिचान इतिहास बुझाउने हो भने पर्व केवल मनोरञ्जनकोन्साधन वा कार्यक्रम हुँदैन त्यो ज्ञानको हस्तान्तरण गर्ने बिद्यालय बन्न सक्छ
(६) डम्फु गित र नृत्यलाई जिवित परम्परा बनाउनु पर्छ
= तामाङ संस्कृतिमा डम्फुको विशेष स्थान छ डम्फु केवल बाजा मात्र होइन यी तामाङ सांस्कृतिक जीवन सँग जोडिएको पहिचान हो त्यसै गरि तामाङ गित सेलो नृत्य लोककथा र मौलिक परम्परा पनि पुस्तादेखी पुस्ता सम्म हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पत्ति हुन् त्यसैले गाउँ गाँउमा बालबालिका र पुर्खाहरुले डम्फुसेलो नृत्य सिकाउने कार्यक्रम संचालन गर्नु पर्छ
(७) मौखिक इतिहासलाई लेखित दस्तावेजिकरण गर्नुपर्छ
= तामाङ समाजका धेरै इतिहास हजुर बा हजुर आमा र गाँउका जेष्ठ नागरिकको स्मृतिमा सुरक्षित छन् कुन गाउँ कसरी बस्यो गाँउको नाम कसरी रह्यो हाम्रो पुर्खा कहाँ बाट आयो यी सबै कुराको अब रेकर्ड गर्नु पर्छ जेष्ठ नागरिक सँग अन्तर्वार्ता लिएर आडियो भिडियो पुस्तक तथा डिजिटल अभिलेख तयार गर्नु पर्छ आज नलेखिएक इतिहास भोलि सम्झनामा मात्र बाँकी रहन सक्छ
(८)नयाँ पुस्तालाई दोष होइन जिम्मेवारी दिनु पर्छ
=कतिपय अवस्थमा हामि युवालाई भन्छौ आजका युवाले संस्कृति बिर्सिए तर दोष दिएर संस्कृति जोगिदैन युवालाई संस्कृतिको अर्थ नेतृत्वको अवसर दिनु पर्छ युवाले सामाजिक सन्जाल प्रयोग गरिन्छ भने त्यही माध्यम बाट भाषा संस्कार इतिहास पोसाक सांस्कृतिक ज्ञानलाई प्रस्तुत गर्न सकिन्छ डिजिटल पुस्तालाई डिजिटल मध्यम बाट नै संस्कृति बुझाउन सकियो भने संरक्षण अझ प्रभकारी हुना सक्छ
(९) संरक्षणका लागि परिवार पहिलो विद्यालय हो
=संस्कृति संरक्षणको पहिलो संस्था सरकार होइन घर परिवार हो आमा बुबाले आफ्ना छोराछोरी सँग तामाङ भाषा बोल्ने संस्कारका कुरा बताउने र पर्वाको अर्थ बुझाउने हो भने संस्कृति स्वभाविक रुपमा पुस्तान्तरण सजिलै हुन्छ त्यसैले एउटा ठूलो सांस्कृतिक अभियान सुरु गर्नु अघी प्रत्येक तामाङको घर बाट अभियान सुरु गर्नु पर्छ
(१०) गाँउलाई सांस्कृतिक विद्यालय बनाउन सकुन्छ
= तामाङ संस्कार बारे प्रशिक्षण
= मौलिक पोसाक तथा सामग्रीको संरक्षण
= जेष्ठ नागरिक सँग अन्तर पुस्ताको संवाद जस्ता कार्यक्रम सन्चालन गर्नुपर्छ यसरी गाउँ आफै जिवित सांस्कृतिक पाठशाला बनाउन सकिन्छ
(११) संरक्षणमा एकता किन आवश्यकता छ
=एक ब्यत्तिले वा संस्थाले मात्रा संस्कृति बचाउन सकिँदैन एउटा परिवारले पनि सम्पुर्ण रुपमा संस्कृति बचाउन सकिँदैन परिवार गाउँ युवा जेष्ठ नागरिक लामा झाँकी बुद्धिजीवी शिक्षाक कलाकार जन प्रतिनिधि सामाजिक संस्था र सांस्कृतिक अभियान बिच सहकार्य आवश्यक छ तर एकता भनेको सबैले एउटै बिचार राख्नु मात्र होइन भिन्न बिचारलाई सम्मान गर
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।