२०८३-आश्विन-०७ बुधवार

बिहानको ११:२५:२७

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्क प्रस्थान

नमनखबर डेस्क असोज ०६, २०८३ ९५
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्क प्रस्थान
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले डा. वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
न्यूयोर्कमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासभामा प्रधानमन्त्री शाहले जलवायु न्याय, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर, हिमाली तथा पर्वतीय मुलुकका सरोकार र भोटेकोशी तथा रसुवा क्षेत्रमा देखिएको बाढीजन्य विपद्का विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेका छन्।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको सामान्य बहसमा सम्बोधन गर्ने र सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।