२०८३-आश्विन-०६ मंगलबार

बिहानको ११:२५:२७

रोशी गाउँपालिकाको सभापतिमा दिलदोर्जे लामाको उम्मेदवारी

अशोक बुद्ध लामा असोज ०६, २०८३ ११८
रोशी गाउँपालिकाको सभापतिमा दिलदोर्जे लामाको उम्मेदवारी
रोशी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला काभ्रेको रोशी गाउँपालिकाको पार्टी सभापतिमा दिलदोर्जे लामाले उम्मेदवारी घोषणा गरेका छन्।हाल नेपाली कांग्रेस रोशी गाउँपालिकाका सचिवको जिम्मेवारीमा रहेका लामाले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने उद्देश्यसहित सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।लामा पार्टी राजनीतिसँगै खेलकुद क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनले विभिन्न खेलकुद तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्। लामाको व्यवसायिक क्षेत्रमा समेत संलग्नता रहेको छ।नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज ३ गतेदेखि सुरु भएको हो। महाधिवेशनअन्तर्गत स्थानीय तहदेखि माथिल्लो तहसम्म नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ।रोशी गाउँपालिकाको सभापति पदमा लामाको उम्मेदवारीसँगै स्थानीय कांग्रेसको नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।