सामरी इन्टरनेशनल इभेन्ट्सद्वारा “DASM SUPERSTAR 2025, Grand Finale” २०८२" भव्य रुपमा सम्पन्न
काठमाडौं । नेपाली इभेन्ट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको क्षेत्रमा अग्रणी संस्था सामरी इन्टरनेशनल इभेन्ट्स का CEO भरत सामरी को नेतृत्वमा “DASM SUPERSTAR 2025” को ग्रान्ड फिनाले २०८२ को कार्यक्रम काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
भरत सामरी, एक अनुभवी र दूरदर्शी आयोजकका रूपमा परिचित छन्, जसले नेपालकै सम्भावनाशील प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अभियानलाई निरन्तरता दिँदै आएका छन्। सामरी इन्टरनेशनल इभेन्ट्स अन्तर्गत उनले सञ्चालन गर्दै आएको DASM SUPERSTAR, मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाली युवाहरुलाई विश्वस्तरमा चिनाउने अभियानलाई सशक्त बनाएको छ।
DASM SUPERSTAR 2025 को ग्रान्ड फिनाले सम्पन्न, विजेताहरू घोषणा
सामरी इन्टरनेशनल इभेन्ट्सको आयोजनामा DASM SUPERSTAR 2025 को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतिभा, आत्मविश्वास र प्रस्तुतिमा उत्कृष्टता देखाउने प्रतियोगिहरुमध्ये निम्न विजेताहरू घोषणा गरिएका छन्:
विजेता (Winner): आकृति रॉय
प्रथम उपविजेता (1st Runner-up): अग्रता खनाल
दोस्रो उपविजेता (2nd Runner-up): ईशिका विसंखे
तेस्रो उपविजेता (3rd Runner-up): सयुरी महत
पब्लिक चोइस अवार्ड: आकृति रॉय
भ्युअर्स चोइस अवार्ड: रुमी बुङ राई
म्यानेजमेन्ट चोइस अवार्ड: रोमन थापा
निर्णायकहरू:
बिनोद ढकाल (Singer/Composer/Actor)
राजेन्द्र गिरी 'गुन्द्रुके' (Artist)
नविना राजथला (Beautician)
सुनितामी परियार (Singer)
मुख्य अतिथि:
माननीय छिरिङ ल्हामु लामा (तामाङ), सांसद, प्रतिनिधि सभा, नेपाल।
विशेष अतिथि:
बिनोद कुँवर — पूर्व अध्यक्ष तथा एचएलसी सदस्य, NRNA-ICC
दिनेश पौडेल — निर्देशक, लक्ष्मी सनराइज बैंक
कार्यक्रममा सामरी टिम मा अनिशा, सुष्मिता तिमल्सिना, सुजन, महेन्द्र, प्रशीष, सरोज श्रेष्ठ, दिल माया मगर, अनु महर्जन, विपना कँडेल र मोनित महर्जनको विशेष भूमिका रहेको थियो।
सामरी इन्टरनेशनल इभेन्ट्सका CEO भरत सामरी ले कार्यक्रममा सम्बोधन गर्दै भने,
“ हामीले आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रमहरूले नयाँ पुस्तालाई थप प्रेरित गर्ने विश्वास लिएको छु।”
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।