क्रोएसियामा गायक विश्व दोङको रोमाञ्चक प्रस्तुति
जाग्रेव - क्रोएसियाको राजधानी जाग्रेबमा हजारभन्दा बढी दर्शकको उपस्थितिमा गायक विश्व दोङको भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमले नेपाली गीत–संगीत, भाषा, कला र संस्कृतिलाई विदेशमा समेत जीवन्त रूपमा प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमपछि तामाङ समाज क्रोएसियाले गायक दोङसँग भेटघाट कार्यक्रम आयोजना गर्दै मायाको चिनोसहित आत्मीय बिदाइ गरेको थियो।
बेलायत, पोर्चुगल र क्रोएसियापछि दोङले रोमानियामा समेत सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
उनको युरोप सांगीतिक यात्रा मनोरञ्जनसँगै विदेशमा रहेका नेपाली समुदायलाई भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्ने सांस्कृतिक अभियानका रूपमा अघि बढिरहेको छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।