२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

रोयल नेपाल रोधी क्लवक‍ो वार्षिकोत्सब कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने

अशोक बुद्ध लामा भदौ १५, २०८२ २७१
रोयल नेपाल रोधी क्लवक‍ो वार्षिकोत्सब कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने


 

लाजिम्पाट, काठमाडौं – लाजिम्पाटस्थित नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव भदौ १८ गतेदेखि २२ गतेसम्म विशेष कार्यक्रमका साथ भव्यतापूर्वक मनाउने भएको छ।

 

यस पाँचदिने उत्सवमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन समावेश रहनेछ।

 

प्रमुख कार्यक्रमहरू:

    •    भदौ १८: चर्चित गायक राजु परियार

    •    भदौ १९: चर्चित गायिका ज्योति मगर

    •    भदौ २०: चर्चित गायक पशुपति शर्मा

    •    भदौ २१: विशेष तामाङ सेलो कार्यक्रम – चर्चित गायक रोज मोक्तान, फूल कुमार बम्जन र कोशिश थोकर

    •    भदौ २२: चर्चित डान्सर तथा मोडल सुनिल क्षेत्री, करिश्मा शाही र सञ्चिता बोलाखे

 

समारोहको उद्घाटन संविधान सभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य माननीय तीर्थ लामा ज्युबाट हुने तय भएको छ।

 

गत एक वर्षको उपलब्धि र अनुभवलाई स्मरण गर्दै, रोयल नेपाल रोधी क्लबले यस वार्षिकोत्सवलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ। क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट र स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ तथा आकर्षक सांगीतिक/सांस्कृतिक प्रस्तुतिमार्फत पाहुनालाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

 

क्लबका प्रबन्ध निर्देशक सुनील छेवाङ लामाका अनुसार, रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्य राखेको छ।

 

यस वार्षिकोत्सवको अवसरमा क्लबले विशेष कार्यक्रमसहित फ्ल्याट २० प्रतिशत छुट प्रदान गर्ने योजना बनाएको छ। उत्कृष्ट भोजन, प्रीमियम पेय र उच्चस्तरीय मनोरञ्जनको संयोजनमार्फत अतिथिहरूलाई अद्वितीय अनुभव प्रदान गर्दै आएको क्लबले यस अवसरमा सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।