२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको ११औं जिल्ला अधिवेशनबाट काभ्रेमा सी बी लामाको नेतृत्व

नमनखबर डेस्क साउन २६, २०८२ २२८
राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको ११औं जिल्ला अधिवेशनबाट काभ्रेमा सी बी लामाको नेतृत्व

धुलिखेल, काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट सी बी लामा अध्यक्षमा निर्वाचित भएका छन् । 

 

नव निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष आर बी बुढाथोकी, सचिव अमन धिताल, सह–सचिवहरू राजेन्द्र लामा र सगुन थापा, कोषाध्यक्ष शिव ढुंगेल तथा संगठन विभाग प्रमुख किरण तामाङ रहेका छन् । 

 

निर्वाचित पदाधिकारी र सदस्यहरूले संगठनलाई सुदृढ बनाउन र युवाहरूको हकहितमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

अधिवेशनको उद्घाटन नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकका निवर्तमान अध्यक्ष ईश्वरवल्लभ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले निकट नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ‌। 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।