राष्ट्रपति रनिङ शिल्ड रोशी मा.विको पोल्टामा
रोशी,
रोशीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ लगातार ३ पटक ह्यट्रिक गर्दै रोशी मा.विले राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको छ खेलमा पालिका भित्र रहेको १५ वटा विद्यालयले सहभागी जनाएको थियो भने दोस्रो र तेस्रो स्थान क्रमश मंगल जन विजय मा.वि र लक्ष्मीनारायण मा. वि हुन सफल भएको छ,
११ स्वर्ण, ४ रजत, ५ कास्यमा जित हाँसिल गर्दै रोशी मा.वि प्रथम हुन सफल भएको हो, ७ स्वर्ण, ५ रजत र ३ कास्य जित्दै मंगल जन विजय दोस्रो स्थानमा आफ्नो ठाउँ बनाउन सफल भयो भने ३ स्वर्ण, १ रजत र ६ कास्य सहित लक्ष्मीनारायण मा. विले तेस्रो स्थानमा चित्त बुझायो
पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै रोशी गाउँपालिका अध्यक्षले राष्ट्रिय स्तरमा स्वर्ण पदक जितेमा १ लाख, प्रदेशमा जितेमा ५० हजार र जिल्लामै जितेपनि उचित पुरस्कारको व्यवस्था गर्ने उद्घोष गर्दै जिल्लामा हुने राष्ट्रपति रनिङ सिल्डमा पालिकाबाट प्रतिनिधित्व गर्ने सबै खेलाडीको खाने बस्ने व्यवस्था समेत पालिकाले व्यहोर्ने समेत बताउनुभयो
पालिका उपअध्यक्ष मिनबहादुर वाइवा (ज्वाला)ले खेलले व्यक्तिलाई अनुशासित र सक्षम बनाउने विश्वास व्यक्त गर्दै आज सहभागी भएको खेलाडी भोलि देशको राष्ट्रिय खेलाडी हुनसक्ने विस्वास व्यक्त समेत गर्नुभयो
पालिका प्रमुख प्रशासकीय अधिकृत टंबहादुर नेगीले अबको जिम्मेवारी जिल्लामा जित्नु रहेको र खेलाडीहरुलाई जितेको शुभकामना दिनुभयो
विजेता खेलाडीहरु,उत्कृष्ट हुने खेलाडीहरुलाई नगद,शिल्ड,प्रमाणपत्र सहित पुस्कार वितरण गरेको थियोे भने, कार्यक्रममा,विद्यार्थी पालिकाका कर्मचारी,विभिन्न विद्यालयका शिक्षक,शिक्षिका,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार,दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियोे!
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।