२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

रोशीमा राष्ट्रपति रनिङ सिल्ड शुरु, शुक्रबार समापन हुने

अशोक बुद्ध लामा पुस ०१, २०८२ १९९
रोशीमा राष्ट्रपति रनिङ सिल्ड शुरु,
शुक्रबार समापन हुने

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका-७ कटुञ्जे स्थित रोशी माद्यामिक विद्यालयको प्राङ्गणमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । मंगलबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाईबाले संयुक्तरुपमा प्रतियोगिता शुभारम्भ गरेका हुन् ।

प्रतियोगिता शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष लामाले खेलको माध्यमबाट स्कुलबाट पालिकाको, पालिकाबाट जिल्लाको, जिल्लाबाट प्रदेशको, प्रदेशबाट राष्ट्रको र अन्तरास्ट्रिय स्तरको नाम राख्न सफल होस भन्ने शुभकामना व्यक्त गरेका छन् । विपदको कारण गत बर्ष प्रतियोगिता आयोजना गर्न नसकेकोमा क्षमा माग्दै आगामी दिनमा खेलकुदको क्षेत्रलाई प्राथमिकता राखेर अगाडी बढ्ने लामाले बताए । 

गाउँपालिका उपाध्यक्ष वाइबाले खेलकुदले मानिसलाई अनुशासित बनाउनुको साथै स्वस्थ बनाउने बताए । खेलकुदले मानिसको चौतर्फी बिकास गर्ने उनले बताए ।  खेलकुद क्षेत्रलाई गाउँपालिकाले प्राथमिकता दिदै आएको र आगामी दिनमा पनि प्राथमिकतामा राखेर योजना बनाउने उनको भनाई छ । 

गाउँपालिकाका शिक्षा तथा खेल्कुद शाखाका प्रमुख बरिष्ठ विद्यालय निरिक्षक ठाकुर प्रसाद दाहालले अनुशासित भइ प्रतियोगितामा भाग लिन खेलाडीहरूलाई आग्रह गर्दै निष्पक्ष निर्णायकको भुमिका बहन गर्न प्रतियोगिताको निर्णायकहरूलाई अनुरोध गरे ।

केही खेल रोशी माद्यामिक विद्यालयको प्राङ्गणमा हुने र केही खेल नमोबुद्ध नगरपालिकाको खेल मैदानमा हुने रोशी माद्यामिक विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देलले बताए । गाउँपालिकाभरीका १५ वटा विद्यालयहरू सहभागी भएको प्रतियोगिता ३ दिन चल्ने उनको भनाई छ । आगामी पुस ४ गते समापन हुने उनले जानकारी दिए । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्क बहादुर नेगी, मंगल जनविजय उच्छ माद्यामिक विद्यालयका प्रमुख बासु थापा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, खेलकुद शिक्षकहरू, स्थानीयहरू, जनप्रतिनिधिहरू लगायतको उपस्थिती रहेका थिए । रोशी गाउँपालिकाको आयोजना तथा रोशी माद्यामिक विद्यालयको सहकार्यमा प्रतियोगिता भएको हो ।

दुई बर्ष अगाडि भएको प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड रोशी माद्यामिक  विद्यालयले जितेका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।