२०८३-कार्तिक-१९ बुधवार

बिहानको ११:२५:२७

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित

नमनखबर डेस्क • कार्तिक १९, २०८३ • १
प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित
काठमाडौं - नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज कुमार के.सी. दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका के.सी.लाई गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहबीच माननीय गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
दर्ज्यानी चिन्हबाट सुशोभित भएसँगै डा. के.सी.ले नेपाल प्रहरीको सर्वोच्च नेतृत्वको औपचारिक जिम्मेवारी सम्हाल्नुभएको छ। प्रहरी संगठनको नेतृत्वमा उहाँको नियुक्तिलाई संगठनको प्रशासनिक तथा व्यावसायिक नेतृत्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रहरी महानिरीक्षकका रूपमा उहाँले संगठनको प्रभावकारिता अभिवृद्धि, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउनेलगायतका जिम्मेवारी निर्वाह गर्नुहुनेछ। साथै, नागरिकमैत्री प्रहरी सेवा, सुशासन, व्यावसायिकता र जनविश्वास अभिवृद्धिमा समेत उहाँको नेतृत्व महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
यसअघि महानिरीक्षक दान बहादुर कार्कीलाई चाहिँ प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रुपमा नियुक्ति दिइएको बताइएको छ । 
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।