२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

“नेतृत्वका लागि जोश- उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

नमनखबर डेस्क जेठ २७, २०८२ २५२
“नेतृत्वका लागि जोश- उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

बिर्तामोड । सबैको सोचमा थियो कार्यक्रममा नेता तथा पत्रकारले ठुला ठुला कुरा गर्छन । अपेक्षा भन्दा यो दिन फरक भयो । सबै बक्ताले “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को विषयमा गहन विचार राखिरहँदा चारआली गुञ्जीएको थियो । 

झापाको मेचीनगर स्थित चारआली जेसीजले धुलाबारीस्थित टाउन हलमा “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” शीर्षकमा प्रकरण गोष्ठी आयोजना गरेको छ । गोष्ठी केवल एउटा साधारण कार्यक्रम मात्र नभएर, ज्ञानको गहिराईमा डुबुल्की लगाउने, नवीन विचारहरूको सिर्जना गर्ने र समाजमा सकारात्मक परिवर्तनका लागि प्रेरणा छर्ने एक महत्वपूर्ण बौद्धिक महाकुम्भ सावित भएको आयोजक चारआली जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष सुजुप सुवेदीले बताए । 

युवाहरूलाई लक्षित गरी आयोजित गोष्ठीमा उद्देश्यपूर्ण नेतृत्वका सिद्धान्त र अभ्यासहरूमा प्रकाश पारिएको थियो । वक्ताहरुले नेपालमा धेरै सम्भावना रहेको राजनैतिक स्थिरता, नेतृत्तवमा दृढ ईच्छाशक्ति, शुशासन, कायम हुन सकेमा हामै्रपालामा समृद्धि देख्न सकिने विचार व्यक्त गरेका थिए । देश परिवर्तनको लागि एउटा पुस्ताले दुख गर्ने पर्ने त्यो समय अहिले रहकोले धैर्यताका साथ हातेमालो गर्दै अघि बढ्नुपर्ने उनिहरुको भनाई थियो । 

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई, हिमालय टेलिभिजनका प्रधान सम्पादक तथा यक्ष प्रश्नका प्रस्तोता राजेन्द्र बानियाँ र नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले वक्ताको रुपमा मन्तव्य राखेका थिए । पूर्व निर्धारित कार्यक्रम भएतापनि स्वास्थ्य समस्याका कारण प्रतिनिधि सभा सदस्य मनिस झा को उपस्थिती भने हुन सकेन । 

कार्यक्रमको अध्यक्षता चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा उपसभामुख इन्दिरा राना मगर रहेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि रानामगर, चारआली जेसीज मातृशाखा धुलावारी जेसीज वर्ष २०२५ का अध्यक्ष डिल्लीराम भण्डारी, संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, राष्ट्रिय उपाध्यक्ष राघभ कोईराला, नेपाल जेसीज सामुदायिक क्षेत्रका कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा र क्षेत्र क का लागि निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटाले शुभकामना मन्तव्य व्यक्त राखेका थिए । अध्यक्ष सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरू, जेसीजका अभियन्ताहरू, स्कुल, कलेजका विद्यार्थीहरू, राजनीतिज्ञहरू, जेसीज शाखाका अध्यक्ष र पूर्व अध्यक्षहरू, वर्तमान र पूर्व राष्ट्रिय पदाधिकारीहरू सहित ५०० भन्दा बढीका सहभागीता रहेको थियो ।

कार्यक्रममा चारआली जेसीजको आधिकारिक वेबसाइट समेत लन्च गरिएको छ । उद्घाटन सत्रको सञ्चालन चारआली जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष र प्रमुख बोर्ड सल्लाहकार उत्तम प्रसाद पकुवाल र दोस्रो सत्रको सञ्चालन चारआली जेसीज वर्ष २०१८ का शाखा अध्यक्ष रोहित दाहालले गरेका थिए ।

आखिर देखेको सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ भन्दै अध्यक्ष सुवेदीले आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको संयोजन चारआली जेसीजका थिम डाइरेक्टर नविन खतिवडा, कार्यकारिणी उपाध्यक्ष उत्सव भट्टराईले जेसीज आस्था र मिशन भिजन वाचन गरेका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।